साप्ताहिक संवाददाता
हालै थाइल्याण्डको बैंककमा सम्पन्न पुरुषहरु सम्बन्धि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०१८’ मा नेपालका तर्फबाट सहभागिता जनाएका सुशान्त काजी श्रेष्ठले स्पेशल अवार्डतर्फ मिष्टर इन्टरनेसनल पपुलारिटीको अवार्ड जित्न सफल भएका छन् । प्रतियोगितामा सुशान्तले लु चाङ हुवाट मोडल, गोल्ड हुट कुटर मोडल, सायम हाउस भिलेज वेष्ट मोडल अवार्ड पनि हात पारेका थिए ।
प्रतियोगितामा उनी वेष्ट भिगोर तथा वाइल्ड लाइफ फोटोशुट च्यालेन्ज तर्फ ब्रोन्ज मेडल विजेताका रुपमा पनि चयन भएका थिए । यस अघि सुशान्तले मिष्टर एण्ड मिस काठमाडौं २०१८ मा मिष्टर काठमाडौंको उपाधि उचाल्न सफल भएका थिए ।
म्यान अफ द इयर २०१८ को उपाधि थाइल्याण्डका फिराथापोङ मुलट्रीबुटले जित्न सफल भए । प्रतियोगितामा ब्राजिलका आन्ड्रियो फ्राजोन फस्ट रनर अप तथा लेबनानका हाडी फाक्रेडिन सेकेन्ड रनर अप छनौट भएका थिए ।
मास्टर्ली, माइन्डफुल, म्यानली, मस्कुलीन र मोर्डन गरी पाँच शब्दलाई प्रतिनिधित्व गर्न सक्ने युवाको खोजीमा संचालन हुने गरेको म्यान अफ द वल्र्ड प्रतियोतिगाले वन्य जन्तु संरक्षण र आरक्षणमा विशेष जोड दिएको छ । यस अघि सो प्रतियोगितामा नेपालका तर्फबाट सन्दिप पोखरेल र ध्रुव बुढाथोकीले नेपालको प्रतिनिधित्व गरेका थिए ।