साप्ताहिक संवाददाता
भाद्र २४, २०७५
राजधानीमा इबिजा फेसन नाइट सम्पन्न भएको छ । शनिबार राती सम्पन्न शो मा सिर्जना रेग्मी, स्वस्तिमा खड्का, सविता कार्की र्यापमा उत्रिएका थिए । उक्त शोमा एलिशा क्रिएसनका डिजाइनमा फेशनमा मोडलहरु र्यापमा प्रस्तुत भएका थिए ।
सिर्जना रेग्मीले कोरियोग्राफी गरेको कार्यक्रम सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिईन् । ईबिजा लाउञ्ज एण्ड बारले आयोजना गरेको उक्त फेशन शोमा १६ जना मोडलको सहभागीता रहेको थियो ।