साप्ताहिक संवाददाता
भाद्र २५, २०७५
तीजका दिन मन्दिरमा लामो समय लाइन बस्दा, नाचगान गर्दा शरीरबाट प्रसस्त पसिना निस्कन्छ ।
पानी पनि नपिई व्रत बसे शरीरमा पानीको मात्रा कम भै कतिपय ब्रतालु बेहोस समेत हुन्छन् ।
शरीरमा पानीको कमीका कारण डिहाइड्रेसन भए ताजा फलफूलको जुस, मोही, लस्सी, ग्लुकोज, नरिवल तथा मिश्रि पानी पिउनुपर्छ ।
यस्तो अवस्थामा मधुमेहका बिरामीले कागती पानी तथा ग्लुकोज पानी पिउनु उपयुक्त हुन्छ ।