साप्ताहिक संवाददाता
भाद्र २९, २०७५
गेमिङका सौखिनहरूका लागि नयाँ गेमिङ चियर डिजाइन गरिएको छ । थाइल्यान्डमा सम्पन्न आईएफए–२०१८ मा एसरद्वारा थ्रोनस नामक उक्त चियर प्रदर्शन गरिएको थियो । यसमा २७ इन्चको प्यानोरमिक मोनिटर छ । यसका साथ उपलब्ध सीपीयूले सबै हाई एन्ड गेम्सलाई ६० फ्रेम प्रति सेकेन्डको स्पिडमा प्ले गर्छ । यसका कारण युजरले अनौठो र रमाइलो अनुभव गर्न सक्छन् ।
यो चियरलाई एउटा बटनका भरमा १ सय ४० डिग्री सम्म घुमाउन सकिन्छ । चलिरहेको समयमा यसमा हुने भाइब्रेसनले युजरलाई फिडब्याक प्रदान गर्छ । यद्यपि उक्त चियर कहिलेसम्म बजारमा उपलब्ध हुन्छ र त्यसको मूल्य कति पर्छ भन्ने विषयमा भने केही बताइएको छैन ।