साप्ताहिक संवाददाता
आश्विन १, २०७५
निर्देशक विकास आचार्य सिक्वेल किङ निर्देशक भन्दा फरक पर्दैन । नाइँ नभन्नु लको पाँचौं श्रृंखलाले व्यवसायिक सफलता हासिलपछि आचार्यलाई दर्शक रुवाउन सक्ने निर्देशक समेत मान्न थालिएको छ । उक्त चलचित्रको सफलतासँगै दर्शकले आचार्यबाट नाइँ नभन्नु लको छैठौं श्रृंखलाका बारेमा जिज्ञासा राख्न थालेका छन् ।
यद्यपि आचार्यले भने तत्काल सिक्वेललाई अघि नबढाउने घोषणा गरेका छन् । नाइँ नभन्नु लको छैटौं श्रृंखलालाई थाँति राख्दै आचार्यले नयाँ चलचित्र ‘हजार जुनीसम्म’ निर्देशन गर्ने भएका छन् ।
उक्त चलचित्रका लागि आचार्य अहिले चकलेटी अभिनेताको खोजिमा छन् । नयाँ हिरोले अभिनेत्री स्वस्तिमा खड्कासँग अनस्क्रिन रोमान्स गर्ने निश्चित भैसकेको छ ।