साप्ताहिक संवाददाता
पोखरामा अनमोल इभ शीर्षकको कार्यक्रममा मुख्य आकर्षणका रूपमा अभिनेता अनमोल केसी आउने प्रचार गरिएको थियो । साढे दुई घण्टा ढिलो गरी साढे ४ बजे कार्यक्रम सुरु भयो, तर कार्यक्रममा अनमोल केसीले दर्शकले अपेक्षा गरे जस्तो पर्फमेन्स दिन चाहेनन् ।
उनी केबल चलचित्र छायाकंनका लागि मात्र त्यहाँ प्रस्तुत भए । उक्त कार्यक्रममा रेड क्यामेरा ट्रली सेटसहित दृश्य कैद गर्न व्यस्त थियो । झन्डै १५ मिनेट स्टेजमा देखिएका अनमोलको प्रस्तुति खिच्न जोनी जिप लगाएर क्यामेरामेन स्टेजमा उभिदा दर्शकले सो को मज्जा लिन सकेनन् ।
वास्तवमा त्यहाँ ए मेरो हजुर–३ छायांकन गरिएको थियो, जसका लागि दिउँसोदेखि नै अनमोल केसीको तस्बिर अंकित प्लेकार्ड बोकेका केही मानिस तम्तयार थिए । ती प्लेकार्ड हातमा लिएका दर्शकको भीड खिच्न चलचित्र युनिट सफल त भयो, तर दर्शकहरूलाई आफू भरिया भएको कुरा भने पत्तो भएन ।