साप्ताहिक संवाददाता
आश्विन ९, २०७५
चाइनिज कम्पनी नुबियाले नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ । केही दिन पहिले जर्मनीको बर्लिनमा सम्पन्न आईएफए–२०१८ मा नुबियाले पहिलो पटक नाडीमा घडी जस्तै लगाउन सकिने स्मार्टफोन प्रदर्शन गरेको थियो । उक्त स्मार्टफोनको नाम नुबिया अल्फा राखिएको छ । यसमा कभ्र्ड ओएलईडी टचस्क्रिन डिस्प्ले तथा फ्रन्ट क्यामेरा छ ।
क्यामेराका साथमा माइक्रोफोन तथा बटन सपोर्ट उपलब्ध छ । यसमा फ्लेक्जिबल डिस्प्ले टेक्नोलोजीको फ्लेक्स राखिएको छ । फोनको पछाडिको भागमा चार्जिङ पिन्स तथा हार्ट रेट सेन्सर प्रयोग गरिएको छ । उक्त वेयरेबल स्मार्टफोनमा मेटल स्ट्राप प्रयोग गरिएको छ । यद्यपि यसका अन्य विशेषताका वारेमा भने अरू कुनै जानकारी दिइएको छैन ।