साप्ताहिक संवाददाता
आश्विन १२, २०७५
ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा एलिजा गौतम धमलाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । चलचित्र अनुरागले दुई युवायुवतीको प्रेममा आउने विभिन्न उतावचढावलाई प्रस्तुत गरेको छ ।
सांगीतिक प्रेमकथामा आधारित चलचित्र अनुरागको छायांकन ललितपुर, काठमाडौं तथा बाहिरका केही जिल्लामा समेत गरिएको थियो । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवादको यो चलचित्रको कथा किरण दाहालले लेखेका हुन् ।
निर्देशक : सत्यराज चौलागाईं
कलाकार : एलिजा गौतम धमला, सुमन पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल आदि ।