साप्ताहिक संवाददाता
हरेक मौसममा जो कोही नेचुरल देखिन चाहन्छन् तर सदैव त्यस्तो हुँदैन । यतिबेला अनुहारमा कुनै कुरा प्रयोग गर्नु स्टिकी र हेभी महसुस गर्नु हो । पुरुषका लागि छालाको हेरचाह आवश्यक हुँदैन भनिन्छ तर यो गलत धारणा हो ।
नियमित क्लिन्जिङ : चम्किलो छाला प्राप्त गर्न दिनहुँ क्लिन्जिङ गर्नु उपयुक्त हुन्छ । सूर्यको अल्ट्राभ्वाइलेट किरण तथा बढ्दो प्रदूषणको डस्ट पार्टिकल्स हटाउन नियमित रूपमा फेसियल क्लिन्जर प्रयोग गर्नुपर्छ । यसबाहेक मुहारलाई सफा राख्न गुलाब जल पनि प्रयोग गर्न सकिन्छ ।
मोइस्चराइजर : छालाको नरमपन कायम राख्न आफ्नो स्किन टाइपअनुसार मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यसलाई बाहिर जाँदा र राति सुत्नुपूर्व प्रयोग गर्नुपर्छ ।
सनस्क्रिन हुनुपर्छ साथमा : छालामा सूर्यको अल्ट्राभ्वाइलेट किरणको नकारात्मक प्रभाव पर्छ । यसबाट छालाको रंग हल्का हुन्छ र छालाले आफ्नो प्राकृतिक सुन्दरता गुमाउँछ । त्यसैले घाममा निस्कनुपूर्व एसपीएफयुक्त प्रयोग गर्नुपर्छ ।
धूमपानमा बन्देज : धूमपान गर्दा शरीरमा अक्सिजनको स्तर कम हुन्छ, परिणामस्वरूप छालामा चाउरी पर्छ र त्यो मृत अवस्थामा पुग्छ ।
पर्याप्त निद्रा : निद्रा स्वास्थ्य र छाला दुवैका लागि आवश्यक छ । निद्रा पूर्ण नहुँदा समयपूर्व नै छालामा उमेरको प्रभाव देखिन्छ । त्यसैले स्वस्थ छालाका लागि कम्तीमा ८ घन्टा सुत्नुपर्छ ।
प्रशस्त पानी : राम्रो र स्वस्थ छालाका लागि पानी सबैभन्दा महत्वपूर्ण हुन्छ । शरीरका लागि दिनमा ८ देखि १० गिलास पानी आवश्यक छ । यसबाट बडीको सम्पूर्ण टक्सिन बाहिर निस्कनुका साथै अनुहारसमेत चम्किलो हुन्छ ।
बडीवास : मेन्स ब्युटीविज्ञहरूका अनुसार पुरुषले अनुहारमा साबुनको साटो बडीवास प्रयोग गर्नुपर्छ, कारण साबुनमा सोडियम हाइड्रोक्साइडको मात्रा बढी हुन्छ जसले छालालाई राम्रो गर्दैन । बडीवास अनुहारको सुख्खापन हटाउन प्रभावकारी हुन्छ र त्यसले छालालाई कोमलसमेत राख्छ ।