मदिराले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ होइन ?
थोरै पिए राम्रो, धेरै पिएको बेठीक ।
कतिसम्म पिए ठीक ?
चिकित्सकीय हिसाबमा हामी एकदेखि दुई प्याकसम्म पिउनु ठीक हो भन्छौं । दुई प्याकसम्मको मदिराले मुटुलाई पनि फाइदा पुर्याउँछ ।
मदिराले किन असर गर्छ ?
खासमा थोरै पिउनु स्वास्थ्यका दृष्टिले राम्रै हो । यद्यपि हामीहरू अलिकति बढी नै पिउन खोज्छौं, जसले गर्दा विभिन्न खालका समस्या देखा पर्छन् । अत्यधिक मात्रामा मदिरा सेवन गर्दा मानिसको स्नायु प्रणाली तथा दिमागमा असर गर्नुका साथै कलेजोमा प्रत्यक्ष असर पर्छ । यसले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने आदि समस्या देखापर्छन् । मदिरा सेवनले मानसिक सन्तुलनमा समेत समस्या सिर्जना गर्छ ।
कस्ता खालका मानिसले मदिरा पिए हुन्छ ?
कुनै पनि रोग लागेको छैन वा मानिस स्वस्थ छ भने सामान्य रूपमा नियन्त्रित ढंगले पिउन सकिन्छ । मुटुसम्बन्धी समस्या भएकाले त पिउनै हुँदैन ।
यसका नकारात्मक असरहरू के–के छन् ?
विशेष गरी मदिरा सेवनले मुटुमा असर गर्ने हो । त्यसका साथै मदिराले उच्च रक्तचापको समस्या सिर्जना गर्छ भने रगतमा बोसोको मात्रा पनि बढाउँछ । घाँटीको क्यान्सर, लिभर डिडिज, ब्रेन स्ट्रोक, हर्ट डिजिज आदि समस्या सिर्जना हुन सक्छन् ।