साप्ताहिक संवाददाता
सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्लो डिजाइनहरु प्रदर्शन गरेका छन् ।
प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्टले आयोजना गरेको जम्बोरी नाइट शीर्षकको फेसन शोमा ईन्टरनेशनल इन्टिच्यूट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) मा प्रशिक्षण लिइरहेका डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका हुन् । फेसन शोमा डिजाइनर प्रतिमा महर्जनले तयार पारेका लेहेंगा चोली, साडी, गाउन तथा विन्टर कलेक्सन प्रदर्शन गरियो ।
विपना थापाद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा मोडलहरुले डिजाइनरहरु प्रमिला उप्रेती, अमृता श्रेष्ठ तथा सनम लामिछानेले डिजाइन गरेका कक्टेल ड्रेस पनि प्रदर्शन गरियो । यसका साथै मृगतृष्णा फेसन हाउसकी डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइनर गरिएका कक्टेल ड्रेसले पनि फेसन शोको शोभा बढाए ।
फेसन शोको क्रममा गायक दीपक लिम्बु तथा गायिका प्राश्ना शाक्यले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरे भने हास्य अभिनेता तथा जादूगर महादेव त्रिपाठीको रोचक प्रस्तुतीले दर्शक रमाए ।