साप्ताहिक संवाददाता
कार्तिक १८, २०७५
चिल्ला एवं गुलिया परिकार धेरै बनाइए पनि स्वास्थ्यको ख्याल नगरी निस्फिक्रीसाथ यस्ता खानेकुरा खानु हुँदैन ।
अहिले धेरैजसोलाई ग्याष्ट्रिक, मधुमेह तथा कोलस्ट्रोलको समस्या हुने भएकाले सेलरोटी, फिनी, अनरसा तथा अन्य चिल्ला अनि गुिलया मिठाई सीमित मात्रामा खानुपर्छ ।
मिठाईमा मिसावट हुने भएकाले हेर्दा आकर्षक, लोभलाग्दा तथा रंगीन मिठाइ नखानु नै बेस हुन्छ ।
वर्क राखिएको मिठाई खानु हँुदैन, किनभने त्यसमा एल्मुनियम प्रयोग गरिएको हुन्छ ।
चिनीरहित मिठाई ठिक्क मात्रामा खान सकिन्छ ।
मिठाइमा प्रयोग गरिने तेल–घिउ कत्तिको स्वास्थ्यवद्र्धक छन् ध्यान पुर्याउनुपर्छ ।
सकेसम्म घरमै मिठाई बनाउनुपर्छ । संभव नभए शुद्ध तथा सफा मिठाई पसलबाट खरिद गर्नुपर्छ ।