साप्ताहिक संवाददाता
कार्तिक २९, २०७५
अभिनेता जितु नेपालको नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ कम समयमै लोकप्रिय भएको छ । नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार राति ८:५० बजे प्रसारण हुने यो रमाइलो कार्यक्रम आमा अग्निकुमारी शीर्षकको युट्युब च्यानलमा समेत उपलब्ध छ ।
नेपाल टेलिभिजनबाटै प्रसारित हास्य श्रृंखला जिरे खुर्सानीमा मुन्द्रेको चरित्र निर्वाह गरेपछि जितुलाई दर्शकहरू यही उपनामले चिन्छन् । चलचित्रमा समेत सक्रिय जितुले आफ्नै उपनाम प्रयोग गर्दै यो कार्यक्रम तयार पारेका हुन् ।
मुन्द्रेको कमेडी क्लबमा जितुसँगै दीपाश्री निरौला, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई आदि कलाकार पनि नियमित प्रस्तुत हुनेछन् । कार्यक्रममा मुन्द्रे अर्थात जितुले एक जना सेलिब्रेटीसँग रमाइलो कुराकानीसमेत गर्छन् ।