साप्ताहिक संवाददाता
सामाजिक पारिवारिक कथामा आधारित चलचित्र शान्ति आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको यथार्थता, नारीको संवेदनाजस्ता विषय समेटेको निर्देशक लिङ्देनले बताए ।
यो चलचित्र पूर्व मिस लिम्बु निशा, सञ्जीव तथा सुप्रियाको डेब्यु चलचित्र हो । एक वर्षअघि नै निर्माण सम्पन्न भएको यो चलचित्र प्राविधिक कारणले ढिलो गरी प्रदर्शनमा आउन लागेको निर्माण टिमको भनाइ छ ।
कविता राई लिङ्देन प्रस्तुतकर्ता, वसन्त थेबे कार्यकारी निर्माता तथा शान्ता बखिम थेबे निर्माता रहेको चलचित्र शान्तिलाई ज्ञानु राईले खिचेका हुन । चलचित्रका अधिकांश भाग सिन्धुली, काभ्रे, नुवाकोट आदि स्थानमा छायांकन गरिएको हो । यो चलचित्रको निर्माणमा ८० लाखभन्दा बढी लगानी भएको बताइएको छ ।
निर्देशक : दिनेश लिङ्देन
कलाकार : सञ्जीव थेवे, सुप्रिया श्रेष्ठ, सुशील क्षेत्री, निशा पोमु, सुदिता लिङ्देन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खड्का, प्रदीप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारी आदि ।
संगीत : विकास चौधरी