साप्ताहिक संवाददाता
इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) अन्तरिक्षमा स्थापना भएको २० वर्ष पूरा भएको छ । उक्त स्टेसनलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् १९९८ नोभेम्बर २० मा अन्तरिक्षमा पठाएको थियो । अन्तरिक्षलाई नजिकबाट अध्ययन गर्न यसको स्थापना गरिएको थियो । उक्त स्टेसनले सन् २०२४ सम्म काम गर्नेछ ।
अमेरिकाले त्यसपछि यसलाई सञ्चालनमा नल्याउने घोषणा गरिसकेको छ । उक्त स्पेस स्टेसनको तौल ४ लाख २० हजार किलोग्राम छ । यसले २८ हजार किलोमिटरको गतिमा पृथ्वीको परिक्रमा गरिरहेको छ । यसलाई पृथ्वीभन्दा ४ सय किलोमिटर माथि स्थापित गरिएको छ । उक्त स्पेसले हालसम्म १९ पटक स्याटेलाइट पठाएर यहाँ विभिन्न सुविधा उपलब्ध गराएको छ । यसका लागि १५ देशले सहयोग गरेका छन् । यी सबै कार्यका लागि १ खर्ब २० अर्ब डलर खर्च भैसकेको छ ।
अहिले नासाका अन्तरिक्ष यात्री लेराय शियाओ स्टेसनमा छन् । उनले स्पेस स्टेसनमा आउने खराबीहरूको समाधान गर्छन् । उक्त स्टेसनमा दुईवाट बाथरुम छन् । स्टेसनमा पिसाबलाई फिल्टर गरेर त्यसैलाई खानेपानीका रूपमा प्रयोग गरिन्छ । चन्द्रमा र शुक्र ग्रहपश्चात् आकाशमा देखिने सबैभन्दा चम्किलो वस्तु स्पेस स्टेसन नै हो । अलि तेज आँखा भएकाहरूले यसलाई तीव्र गतिमा चलिरहेको प्लेनका रूपमा आकाशमा देख्न सक्छन् ।