साप्ताहिक संवाददाता
पुस ३, २०७५
गायिका तथा नेकपा एमाले सांसद कोमल वली फेरि एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । सामाजिक सञ्जालहरूमा उनको विवाह नेकपाका अविवाहित नेता नारायणकाजी श्रेष्ठसँग हुन लागेको भनेर भाइरल बनाइएपछि वली आफ्नो मुख खोल्न बाध्य भएकी छिन् ।
गएको शनिबार साँझ एक टेलिभिजन अन्तवार्तामा वलीले नेता श्रेष्ठसँग आफ्नो विवाह हुने सम्भावनाको अन्त्य गर्दै उहाँसँग आफ्नो विवाह नहुने तर श्रेष्ठलाई आफूले आदरणीय नेता मानेको कुरा बताइएकी हुन् ।
यद्यपि वलीले भविष्यमा आफ्नो विवाह हुँदै हुँदैन भन्न नसक्ने कुरा बताउन पनि छुटाइनन् । भनेपछि वलीको विवाह हुने सम्भावना जीवितै छ, चाहे त्यो नारायणकाजीसँग होस् वा अरूसँग नै !