साप्ताहिक संवाददाता
पुस ५, २०७५
अभिनेता, व्यंग्यकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीले आफ्नो न्वारान आफैंले गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक) को आफ्नो एकाउन्टमा सन्दीप आफैंले आफूलाई नयाँ नाम दिएका छन्– मिस्टर ह्याप्पी ।
उनका अधिकांश पोस्टमा ‘मिस्टर ह्याप्पी’ शब्द छुट्दैन । ‘म सधैं खुसी हुन मन पराउने मानिस हुँ, केही अघि साप्ताहिकसँगैको अन्तर्वार्तामा सन्दीपले भनेका थिए– त्यसैले मैले आफैंलाई मिस्टर ह्याप्पी नामाकरण गरेको हुँ ।
यसबीच मिस्टर ह्याप्पीको जीवनमा अर्को एउटा खुसियाली थपिएको उनले नै पोस्ट गरेको ताजा तस्बिरले प्रमाणित गरेको छ । सन्दीपले यसै साता झन्डै ६० लाख रुपैयाँ खर्चेर नयाँ सवारी साधन किनेका छन् । अब सन्दीप राजधानीका सडकमा सेतो रंगको हुन्डाई क्रेटामा देखिने छन् ।