साप्ताहिक संवाददाता
रिलायन्स इन्टरटेनमेन्ट, रोहित सेट्टी पिक्चर्स तथा धर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्र सिम्वा आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । हिरु जौहर, रोहित सेट्टी, अपुर्व मेहता, करण जौहर आदिको संयुक्त लगानीको यो चलचित्र सन् २०१५ मा प्रदर्शित तेलुगु भाषाको चलचित्र टेम्परको रिमेक हो ।
संग्राम भालेराव उर्फ सिम्वा (रणविर सिंह) एक अनाथ हुन्, जसको जन्म शिवगढीमा भएको हुन्छ । सोही ठाउँमा सिंघम पनि जन्मिएका हुन्छन् । सिम्वाले सानैदेखी सुनेका हुन्छन् कि प्रहरीको काम निकै असल हुन्छ । उनी सिंघम जस्तै प्रहरी अधिकृत बन्न चाहन्छन् ।
अनेक जुक्ती लगाएर उनी प्रहरीमा भर्ना हुन्छन् । चलचित्रमा सिंघमलाई इमान्दार र असल तथा सिम्वालाई खराव र भ्रष्ट प्रहरीको भुमिकामा देखाइएको छ । बेइमान सिम्बाको क्रियाकलापप्रति उनका वरिष्ठ प्रहरी अधिकृतहरु खुसी हुँदैनन् । अन्तत: सिम्बाको जीवनमा एउटा मोड आउँछ अनि उनले सही र गलतबीचको भिन्नता थाहा पाउँछन् ।
निर्देशक : रोहित शेट्टी
कलाकार : रणवीर सिंह, सारा अली खान, सोनु सुद, सिद्धार्थ जाधव, आशुतोष राणा, व्रजेश हीरजी, अजय देवगन, तुषार कपुर, कुणाल खेमू, श्रेयस तलपदे, अरशद वारसी आदि ।
संगीत : तनिष्क वागची