• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
हनिमुन : जिन्दगीकै प्याकेज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुशील कोइराला

हनिमुन : जिन्दगीकै प्याकेज
पुस १३, २०७५

पूर्वीय परम्परामा हनिमुन भन्ने कुरा कतै उल्लेख छैन । विवाहपछिको पहिलो रातलाई सुहागरात भन्ने चलन छ । हनिमुन पश्चिमबाट विकसित भएको परम्परा हो, तर अहिले यो ग्लोबल भैसकेको छ । हनिमुन नवदम्पतीले एक–अर्कालाई बढी चिन्ने–बुझ्ने प्रकृया हो । सामाजिक पक्षबाट हेर्ने हो भने दुई जोइपोइ होहल्ला र भीडभाडबाट टाढा मनको कुरा मात्र होइन मानसिक, शारीरिक, मनोवैज्ञानिक, क्यामेस्ट्रिवाइज सबै कुरा एक–आपसमा साटेर फर्कंदा एउटा पिण्ड बनोस् भन्नु यसको तात्पर्य हो । 

हामीकहाँ मागी विवाह र प्रेम विवाहको चलन छ । मागी विवाहमा पनि चिनाइदिएर एक–अर्कामा प्रेम बसाइदिने चलन बढ्दैछ । प्रेम विवाहमा पहिले चिन्ने–बुझ्ने अनि विवाह गर्ने चलन छ । एउटा सत्य के हो भने प्रेमको चरम बिन्दुमा पुगेपछि मात्र सेक्स भन्ने कुरा आउँछ । यद्यपि मागी विवाहपछि भने यौनसम्पर्कमा चरम आनन्द प्राप्तिपछि मात्र माया बढ्छ । जिन्दगीमा माया बसाउन सुरुवात गराउने प्रस्थान बिन्दु नै हनिमुन हो । 

अब आउँछ हनिमुन कस्तो ठाउँमा जाने ? हनिमुनका लागि यस्तो ठाउँ छान्नुपर्छ जहाँ नवदम्पतीलाई कसैले नचिनून् । बोल्ने भाषा पनि त्यहाँका मानिसले नबुझून् । मानिसहरूले नयाँ ठाउँ वा विदेश छान्नुको कारण पनि त्यही हो । हनिमुनमा दम्पतीले स्वतन्त्र भएर मनमा लागेका सबै कुरा एक–अर्काबीच खोल्ने वातावरण बन्नुपर्छ । यो मानसिक मात्र होइन शारीरिक रूपमा पनि आवश्यक कुरा हो । हरेक कुराको चरम बिन्दुमा पुग्ने र जुनी–जुनीलाई सम्झिरहने वातावरण बनाउन हनिमुन जाने हो । हनिमुनलाई जति राम्रो बनाएर त्यसका राम्रा पक्षलाई दिमागमा राख्न सकिन्छ जिन्दगी पनि त्यति नै राम्रो हुन्छ । यतिबेला हुने प्रत्येक घटना एवं व्यवहार माया, ममता र विश्वास जगाउने खालको हुनुपर्छ । 

अर्को बुझ्नुपर्ने कुरा के हो भने हाम्रो समाजमा यौन भन्ने कुरालाई हौवाका रूपमा हेरिन्छ । यद्यपि एक जोडी प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीबीच हुने यौनसम्पर्क एक्सट्रिम हुनुपर्छ । त्यो एक्सट्रिम होस् भनेर नै समाज बाहिर, चिनेका मानिसभन्दा पर एकान्तमा गएर हनिमुन मनाइन्छ । बाहिरबाट हेर्दा एउटा पक्ष मात्र हेरिएको हुन्छ, तर त्यहाँ पुगेपछि दुवैले खुल्ला हुन प्रत्येक कार्यदेखि प्रत्येक अंगको अध्ययन गर्न सक्नुपर्छ । त्यहाँ श्रीमान्ले श्रीमतीको आनीबानीदेखि क्रियाकलाप देख्ने र श्रीमतीले पनि श्रीमान्का आनीबानी, क्रियाकलाप, स्वभाव सबै अवलोकन गर्न पाउने वातावरण हुनुपर्छ ।

एक–अर्काका सबै कुरा थाहा पाएपछि कमेन्ट गर्न सक्ने, राम्रा कुरालाई नयाँ जिन्दगीको प्याकेज बनाउन सक्ने हुनुपर्छ । नराम्रा कुरामा सुधार गर्ने अवसर पनि हो यो । किन यी सबै कुरा गर्न नचिनेको ठाउँमा हनिमुन जाने भन्ने कुरा पनि आउँछ । हाम्रो जस्तो बन्द समाजमा सबै कुरा खुल्न सम्भव छैन । त्यसैले भाषा पनि नमिल्ने स्थान छान्नु भनिएको हो । यस्तो वातावरणले एक–अर्काको भावना खुल्ला रूपमा बुझ्न सघाउँछ । त्यहाँ पुरुषमा भएको पूर्ण पुरुषपन र महिलामा भएको पूर्ण महिलापन खुलेर प्रदर्शित हुनुपर्छ । यसले एक–अर्कालाई कदर गर्ने बानी बसाउँछ । 

हामीले के बुझ्नुपर्छ भने जीवनको सुखको एउटा पाटो यौन जीवन पनि हो । एक्सट्रिम माया (पति–पत्नी वा प्रेमी–प्रेमिका) मा परेपछि त्यसको तह हुँदैन । त्यो तहमा पुगेर यौनसम्पर्क भएपछि न त पोर्नेग्राफीको लत लाग्छ न त त्यस्तो भिडियो हेर्नुपर्छ । आफ्नो माइन्डमा जुन कुरा बस्छ मानिसले त्यही कुरा बढी सोच्छ । यस्तो खुल्लापनको सुरुवाती बिन्दु भनेको हनिमुन हो । त्यहीँबाट भावना खुल्ने, एक–अर्कामा आदर गर्ने बानीको विकास गर्नुपर्छ । 

हनिमुनको वास्तविक तत्व भनेको आफूलाई नचिन्ने प्रकृति र संसार मात्र हो । कतिपयले विदेश गए मात्र हनिमुन हुन्छ भन्ने मान्छन् । हनिमुन भनेको दुई जनामात्र रहेर हर कुरामा एक्सट्रिममा पुग्ने वातावरण हो । जसले गर्दा त्यसपछिको नियमित जीवनमा एक–अर्कालाई आदर–सत्कारसहित अघि बढ्न सकियोस् । 

स्वस्थ हनिमुन

विवाह भन्नासाथ नवदम्पतीहरू ‘हनिमुन’ को कल्पना गरिहाल्छन् । हनिमुनलाई कसरी सुखमय र अविस्मरणीय बनाउने भन्ने चिन्ता हुनु स्वाभाविक हो । हनिमुनलाई दम्पतीहरू आत्मीय हुने उपयुक्त अवसरका रूपमा लिन्छन् । एक–अर्काका आनीबानी र व्यवहारलाई नजिकबाट बुझ्ने उपयुक्त मौका भनेकै हनिमुन हो । घरपरिवारभन्दा टाढा रहेर हुने यो आत्मीयताले शारीरिक सामीप्यतामात्र राख्दैन यसले दुई जनाबीचको डर–त्रासको मनोविज्ञानलाई तोड्न सहज बनाउने पूर्वीय सौन्दर्यका ज्ञाता डा. सुशील कोइराला बताउँछन् । मानसिक स्वास्थ्यका दृष्टिकोणले हनिमुन अति उपयोगी हुने उनको ठहर छ । हनिमुनका लागि नयाँ ठाउँमा गइने हुँदा विवाह हँुदाका बखतको कामको तनावबाट शान्ति मिल्छ । घरपरिवारमा सहज नभएको यौन सम्बन्धका बारेमा खुलेर कुरा गर्न सक्ने वातावरण हुन्छ । स्वस्थ्य यौन संसर्गका लागि विवाह लगत्तै गइने हनिमुन मात्र नभएर प्रत्येक वर्ष हनिमुन मनाउन श्रीमान्–श्रीमती घरबाट टाढा निस्कनुपर्ने डा. कोइराला बताउँछन् । विवाहको तनावले महिला वा पुरुष दुवैमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्छ । यो समस्या महिलामा अझ बढी देखिन्छ । त्यसैले पूर्वावस्थामा आउन पनि हनिमुन आवश्यक हुन्छ । 

नवदम्पतीले हनिमुनसँगै स्वास्थ्यका अन्य केही कुरामा पनि ख्याल गर्नुपर्ने हुन्छ । यदि श्रीमान्–श्रीमतीबीच केही वर्ष बच्चा नजन्माउने सल्लाह भएको छ भने सुरक्षित यौन सम्पर्कका उपायहरू अवलम्बन गर्नुपर्छ । त्यसका लागि चिकित्सकहरूसँग परामर्श लिनु उपयुक्त हुन्छ । दम्पतीबीच यौनका विषयमा नलजाई कुराकानी हुनु राम्रो मानिन्छ । 

सम्भोगका बेला एक–अर्कासँग खुलेर कुराकानी गर्नुपर्छ । सम्भोग सुरु हुनुअघि एक–अर्काको प्रशंसा गर्नुपर्छ । एक–अर्कालाई राम्रो लाग्ने कुराका बारेमा जान्न खोज्ने र आफ्नो कुरा पनि खुलेर भन्नुपर्छ । यदि सम्भोगका बेला एक–अर्कालाई केही दिने वाचा गरिएको छ भने त्यो अवश्य पूरा गर्नुपर्छ । एकले अर्काको सम्मान गर्नुपर्छ । सम्भोगका क्रममा कन्डम प्रयोग गर्ने हो भने लुब्रिकेन्ट अनिवार्य प्रयोग गर्नुपर्छ ।

कतिपय पुरुष पहिलो यौनसम्पर्कमा लजाउने–डराउने हुँदा यौन उत्तेजना आउन समस्या हुन सक्छ । त्यस्तो भए पर्याप्त मात्रामा पाकक्रीडा गर्नुपर्छ । विशेषत: यौनसम्पर्क भन्दा पनि एक–अर्कामा माया दर्शाउनु उपयुक्त हुन्छ । पहिलोपटक यौनसम्पर्क गर्दा महिलाहरूमा पिसाबको संक्रमणको सम्भावना बढी हुने हुँदा दुवैले सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । यौनसम्पर्क गर्नुअघि दुवैले राम्रोसँग यौनाङ्गको सरसफाइ गर्नुपर्छ । हनिमुन जाने समयसम्ममा नवविवाहित दम्पती एक–अर्कामा पूर्णरूपमा घुलमिल भैनसक्ने हुँदा आफूले जानेको काम र कुरा मात्र गर्नुपर्छ । यौनको मामिलामा उत्ताउलोपन देखाउनु हुँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik