साप्ताहिक संवाददाता
तनाव र थकानले भरिपूर्ण दिनचर्याबाट जोगिन र यसलाई ह्यान्डल गर्न इन्स्टेन्ट एनर्जी टनिक, ड्रिंक्स, मेडिकेसन वा काउन्सिलिङभन्दा बढी प्रभावकारी हुन्छ, कुनै पनि व्यक्तिको यौनजीवन । सातामा तीनदेखि पाँच पटकसम्म फुलफिलिङ सेक्सले तनमनलाई रिफ्रेस गर्छ । यो कुरालाई सावित गरेको छ— अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेटर्स एन्ड थेरापिस्टले ।
तनाव हटाउँछ
जर्नल अफ बायोलोजिकल साइकोलोजीका अनुसार नियमित यौन सम्बन्धबाट ब्लड प्रेसर नियन्त्रणमा रहन्छ भने चिन्ता, अवसाद एवं निराशाबाट मुक्ति प्राप्त हुन्छ । तनावग्रस्त २२–२२ जना महिला–पुरुषमा गरिएको एक शोधमा केही महिनासम्म उनीहरूको यौनजीवनमा कडा नजर राखिएको थियो । त्यसपछि अनुसन्धानकर्ताहरूले निकालेको परिणामअनुसार उनीहरू अब भीडमा बोल्न डराउन छोडे, खुसी रहन थाले, जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न थाले र उनीहरूको ब्लड प्रेसर समेत नियन्त्रणमा रहन थाल्यो ।
क्यालोरी कटर
हेक्ट्रिक सेड्युलसँगै दम्पतीले एकअर्काका लागि समय नै प्राप्त गर्दैनन् । बदलिँदो जीवनशैलीले जीवनलाई सहज त बनाएको छ, तर यसले शरीरमा बोसो जमाउने कार्यसमेत गरेको छ । यसको सहज उपचार हो— हाई एनर्जी सेक्स । अनुसन्धान रिपोर्टहरूका अनुसार सेक्सको तीव्रता जति बढ्छ, त्यति नै शरीरको क्यालोरी बर्न हुन्छ । परिणाम स्वरूप रक्तसञ्चार प्रभावकारी हुनुका साथै ह्दयको गति राम्रो हुन्छ अर्थात् राम्रो कार्डियो तथा रेस्पीरेटरी हेल्थ । सातामा तीनपटक यौन सम्पर्कले वर्षमा ७ हजार ५ सय क्यालोरी कम हुन्छ । यो स्वयंलाई सेपमा राख्ने राम्रो उपाय हो । नियमित सेक्सले कम्मरलाई सेप प्रदान गर्छ । आफ्नो प्रेमका लागि प्रदान गरिने आधा घण्टा समयले ८० भन्दा बढी क्यालोरी खर्च गरी आफूलाई फिट राख्न मद्दत गर्छ ।
मजबुती पनि
यौन सम्पर्कले शारीरिक तथा मानसिक आवश्कयता त पूर्ति गर्छ नै, साथै रोग प्रतिरोधक क्षमता बढाउन पनि मद्दतगार साबित हुन्छ । भागदौडले भरिपूर्ण जीवनमा दैनिक धूलो माटो एवं प्रदूषणको सामना गर्नुपर्ने हुन्छ । यसले मानिसलाई स–साना बिमारीको सिकार बनाउँछ । कहिले रुघाखोकी त कहिले ज्वरो । शोध अनुसार सातामा तीनदेखि पाँचपटक यौन सम्बन्ध राख्दा रोग प्रतिरोधक क्षमता वृद्धि हुन्छ । यसले रुघाखोकीका साथै अन्य इन्फेक्सन हुन दिँदैन । विलकिज युनिभर्सिटीका अनुसार यसले इम्युनोब्लोविन ए (आईजीए) बढाउँछ जसले गर्दा शरीर चिसो र फ्लुसँग लड्न मजबुत हुन्छ ।
मनमा कुनै जोर चल्दैन
बढी यौन सम्पर्क गर्दा मांसपेशीमा दबाब पर्छ, जुन हार्ट अटेकको कारण बन्न सक्छ भन्ने मान्यता गलत हो । जर्नल अफ एपीडीमायलजी एन्ड कम्युनिटी हेल्थकाअनुसार जो सातामा कमसेकम दुईपटक सेक्समा संलग्न हुन्छन्, उनीहरूका लागि हार्ट अटेकको खतरा ती पुरुषको तुलनामा धेरै हदसम कम हुन्छ, जो महिनामा एक वा दुईपटक यौन सम्पर्क गर्छन् । यसबाहेक सेक्सबाट ब्लड सर्कुलेसनसमेत वृद्धि हुन्छ । यसबाट व्यक्तिको अंग र कोशिकामा फ्रेस ब्लड सञ्चार हुन्छ । थोरै थकान महसुस भए पनि मन शान्त रहन्छ ।
पीडाबाट राहत
विज्ञहरूका अनुसार यौन सम्पर्कले माइग्रेनका साथै कम्मर एवं जोर्नीको दुखाइजस्ता समस्यामा राहत प्रदान गर्छ । चरमोत्कर्षको स्थितिसम्म पुग्दा अक्सिटोसिन हार्मोन पाँच गुणा बढी सक्रिय हुन पुग्छ र इन्डारफिन्स नामक हार्मोन बाहिर निस्कन्छ । यो श्राव नै पीडा कम गर्न मद्दतगार
साबित हुन्छ ।
प्रोस्टेट क्यान्सर हुँदैन
ब्रिटिस जर्नल अफ युरोलजी इन्टरनेसनलका अनुसार सातामा पाँच पटकभन्दा बढी शारीरिक सम्बन्ध कायम गर्नाले पुरुषमा (आयु वर्ग २०–३०) भविष्यमा प्रोस्टेट क्यान्सरको सम्भावना निकै कम भएर जान्छ ।
पेल्भिक मसल्स
पेल्भिक एरिया अर्थात् स्त्री जनेन्द्रीय । सबैभन्दा संवेदनशील अंग । कैंयन अवस्थामा शारीरिक सम्बन्ध पीडादायक हुन्छ । हालै गरिएको एक शोधअनुसार सातामा तीनदेखि पाँच पटक शारीरिक सम्बन्ध राख्नाले पेल्भिक एरियाको मांसपेशी मजबुत हुन्छ ।
गहिरो निद्रा
गहिरो निद्राको सीधा सम्बन्ध राम्रो स्वास्थ्यसित हुन्छ अर्थात् ८ घण्टाको गहिरो निद्रा र तनमनको स्वस्थता । शोध अनुसार चरमोत्कर्षको स्थितिसम्म पुग्दा अक्सिटोसन हार्मोन अत्यधिक सक्रिय हुन्छ । यो हार्मोन गहिरो निद्राका लागि जिम्मेवार मानिन्छ । सेक्सपश्चात् राम्रो निद्रा पर्छ र राम्रो निद्रा मानिसलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
फाइदा यो पनि
पुरुषमा ओर्गेज्मका बेला टेस्टास्टेरानको श्राव वृद्धि हुन्छ, यसले फिल गुड अनुभव गराउँछ भने त्यसका साथ मसल्स र हड्डीलाई समेत सबल बनाउनँछ । यसले कोलेस्टेरोल लेभलमा समेत प्रभाव पार्छ । महिलामा एस्ट्रोजनको श्रावले उनीहरूलाई ह्दयसँग जोडिएका समस्याबाट सुरक्षित राख्छ ।
स्रोत : विभिन्न एजेन्सी
प्रस्तुति : रोजिन शाक्य