साप्ताहिक संवाददाता
माघ १८, २०७५
काठमाण्डौं
अनमोल केसीको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा फुटबलर बन्न एक युवकले गर्नुपरेको पीडा, संघर्ष र उसको जीवनमा आउने उतार चढावलाई उतारिएको छ, जहाँ अनमोलसँगै लिड अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई लगायतलाई देख्न सकिन्छ ।
दिवाकर भट्टराईको निर्देशन र भुवन केसीको निर्माणमा तयार भएको चलचित्र आगामी फागुन १७ बाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । शाहिल खानले काटेको ट्रेलर हेरिसकेपछि धेरैले प्रशंसा गरेका छन् ।
चलचित्रलाई दिर्घ खड्काले सम्पादन तथा सुदिप बरालले छायाँकन गरेका हुन् ।
भिडियो: