साप्ताहिक संवाददाता
अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतको प्रेम सम्बन्ध लामै समय चल्यो । केहि समय अघि प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिने खबर सार्वजनिक गरे । विवाहको दिन नजिकिदै गर्दा वर्षा र संजोगले इन्गेजमेन्ट गरेका छन् ।
यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो । इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । फागूण २ गते प्रेमदिवसका दिन विवाह बन्धनमा बाँधिन लागेको यो जोडीले बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरेको बताइएको छ । उनीहरुले फागूण ३ गते काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेका छन् ।
इन्गेजमेन्टसँगै यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम ‘सन्सा’ राखेको छ । यो शैली बलिउडबाट सुरु भएको हो, हाल नेपालमा पनि व्याप्त छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले पनि आफूहरु दुईको नाम मिलाएर ‘आयंका जोडी’ बनाइसकेका छन् । उनीहरु विगत ७ वर्षदेखि प्रेममा थिए ।
इन्गेजमेन्ट पछि तस्बिरसार्वजनिक गर्दै वर्षा र संजोगले आ–आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ ७ वर्ष अघि एक चलचित्रको अडिसनका क्रममा भेटिएका संजोग र वर्षालाई त्यहि भेटलेनै एक अर्काको जीवनको सहयात्री बनाएको छ । भ्यालेनटाइन डेका दिन बैवाहिक जीवन सुरु गर्न लागेका वर्षा र संजोगलाई सफल वैवाहिक जीवनको शुभकामना ।