साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७५
वैज्ञानिकहरूले एकपटक फुल चार्ज गर्दा ८ सय किलोमिटर दूरी तय गर्ने ब्याट्रीको विकास गरेका छन् ।
अमेरिकाको इलिनोइस युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले विकास गरेको लिथियम एयर ब्याट्रीले हाल प्रचलित लिथियम आयोन ब्याट्रीको तुलनामा १० गुणा बढी ऊर्जा संग्रह गर्न सक्छ र यो हलुका पनि छ ।
यदि यसको व्यवहारिक प्रयोग सम्भव भए भविष्यमा विद्युतीय गाडीको प्रयोगमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।