साप्ताहिक संवाददाता
एक वर्षअघि नै सार्वजनिक भएको गायक स्वप्निल सुमनको ‘म तिम्रो...’ गीतको म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी मोडल मलिका महतलाई दर्शकले अब चलचित्र अभिनेत्रीका रूपमा पाउनेछन् । युट्युबमा एक करोडभन्दा बढि भ्युज पाएको उक्त भिडियी मोडल मलिका भरखर १९ वर्षकी भएकी छिन् ।
उक्त म्युजिक भिडियोमा अभिनय गरेपछि इन्स्टाग्राममा उनलाई पछ्याउनेहरूको संख्या ह्वात्तै बढ्यो । यतिबेला उनलाई ७६ हजार भन्दा बढिले इन्स्टाग्राममा फलो गरेका छन् । चैत २९ गते प्रदर्शनमा आउने चलचित्र ‘यात्रा–अ म्युजिक भ्लग’ मार्फत रजतपटमा आउने तयारी गरिरहेकी मलिकाले पहिलो चलचित्रमै अभिनेता सलिनमान बानियाँसंग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी छिन् ।
हँसिलो स्वभावकी मलिका तथा दोस्रो चलचित्रमा अभिनय गरिरहेका लजालु स्वभावका सलिनमानको जोडी चलचित्रमा कत्तिको सुहाएको छ, त्यो भने हेर्न बाँकि नै छ । यद्यपि चलचित्रको प्रचार सामाग्रीहरूमा उनीहरूको केमेस्ट्रि मिलेको देखिन्छ ।