साप्ताहिक संवाददाता
अभिनेत्री नीता ढुङ्गानाले २ वर्ष अघि चलचित्र निर्माणको घोषणा गरिन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले घोषणा गरेको उक्त चलचित्रको अझैं अत्तोपत्तो छैन् । चलचित्र घोषणा गरेको २ वर्षपछि नीताले लगानी गर्ने मान्छेको अभावमा आफ्नो चलचित्र रोकिएको बताएकी छिन् ।
चलचित्रका लागि अन्य सबै काम सकेकी नीताले पैसाले काम रोकिएको बताएकी छिन् । आफैंले चलचित्र निर्माण गरेर निमात्र्री बन्ने सपना देखेकी नीताले चलचित्र निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्न नसक्ने बताएकी छिन् । उनले अन्य निर्मातासँग निर्माण सहकार्य गर्ने बताईन् ।
चलचित्र निर्माणमा साझेदारी गर्ने निर्माताको खोजी भैरहेको पनि उनको भनाई थियो । यसअघि एक जना साझेदार भेटेपनि उनीबाट आफूले धोका पाएको उनको भनाई छ । केही लगानी कर्ता भेटिना साथ चलचित्रको सुटिङ् सुरु गर्ने बताएकी नीताले आफ्नो चलचित्र राम्रो बनोस भन्ने सोच बनाएकी छिन् ।