साप्ताहिक संवाददाता
फाल्गुन ९, २०७५
चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा पछिल्लो समय देशमा मौलाएको काजगी विवाहको कथा प्रस्तुत गरिएको छ ।
अपिल बिष्टले निर्देशन गरेको यो चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी छ भने यसका कार्यकारी निर्माता निरज सिंह बिष्ट हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायांकन, बसन्त सापकोटा, संगीत सापकोटा, हर्कुलस बस्नेतको संगीत छ ।
यो चलचित्रले विशेषगरि, अष्ट्रेलिया वा अमेरिका जानका लागि हुने झुटो बिहेको कथालाई उठान गरेको छ ।
कागजपत्रको ट्रेलर :