साप्ताहिक संवाददाता
अभिनेत्री केकी अधिकारी व्यत्तिगत सम्बन्धका बारेमा चनाखो छिन् । उनी हत्तपत्त आफ्नो नाम कुनै पनि पुरुषसंग जोडिएको मन पराउदिनन् । यसपटक भने अचम्म भएको छ । आफ्नो नाम गायक आर्जन पाण्डेसंग जोडिदा समेत उनी मौन छिन् । सञ्चारमाध्यममा उनीहरुको रोमान्सका खबरहरु सार्वजनिक भैसक्दा समेत केकीले न त ती खबरहरुलाई खण्डन गरेकी छिन्, न त स्विकृती नै जनाएकी छिन् ।
आर्जन र केकीको नाम जोडिएको करिव एक वर्ष भयो । गायक आर्जन पाण्डेले अघिल्लो वर्ष गायिका इन्दिरा जोशीसंग यूगल गायन गरेको गीत ‘रेलिमाइ...’ को भिडियोको प्रचारप्रसारमा केकी आफैं खटिएकी थिइन् । आफ्ना सोसल साइटमार्फत केकीले ती भिडियोहरु शेयर गर्दै शुभकामना दिएकी थिइन् ।
अहिले आएर गायक पाण्डेले रेलिमाइ...कै सिक्वेलको रुपमा ‘झिमिक्क परेली...’ शीर्षकको गीत गाएका छन् । गायिका मेलिना राईसंग यूगल गायन गरिएको उक्त गीतको म्युजिक भिडियोले कम समयमै दर्शक तथा स्रेँताको मन जितेको छ ।
चलचित्र कोहलपुर एक्सप्रेस निर्देश्नँ गरिसकेका विशाल भण्डारीले आर्जनको नया“ गीतको भिडियो निर्देश्नँ गरेका छन्, जसमा उनले आर्जन र केकीलाई नै जोडी बनाएका छन् । फिल्मी शैलीमा निर्माण गरिएको उक्त भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ । अर्जुन तिवारी र उनको समुहले छायांकन गरेको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
झिमिक्क परेलीको म्युजिक भिडियो :