साप्ताहिक संवाददाता
फाल्गुन १२, २०७५
गायक धर्मेन्द्र सेवानको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘कता हिडेकी’बोलको गीतको म्यूजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटाले नृत्य गरेकी छिन् । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि धर्मेन्द्रकै रहेको छ ।
उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा धर्मेन्द्र र टिम चिटिक्कलाई फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाको दाबी छ ।
सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङ्ले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका हुन् ।