साप्ताहिक संवाददाता
अहिलेका चर्चित अभिनेता अनमोल केसी निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘होस्टल’ र ‘जेरी’मा काम गरेका अभिनेता हुन् । उनै निर्देशक बिसीको पछिल्लो चलचित्र ‘दि ब्रेकअप’मा उनकै चलचित्र ‘ग्याङ्स्टर ब्लूज’का अभिनेता आशिरमान देशराज जोशीले अभिनय गरेका छन् ।
तर, यि दुबै अभिनेताको यसपटक भने हलमा एकै साथ भेट हुने भएको छ । अर्थात चलचित्र ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ एकै साथ प्रदर्शनमा आउँदैन् । आगामी फागुन १७ गतेबाट प्रदर्शनमा आउने दुबै चलचित्रलाई लिएर नेपाली सिने बजारमा विभिन्न खाले टिक्का टिप्पणी गरिएका छन् । कतिपयले ‘दि ब्रेकअप’मा अनमोलले अभिनय गर्न नमानेकै कारण बिसीले क्याप्टेनसँग जुधाएको आरोप समेत लगाएका छन् । यता, बिसीले उक्त कुराको खण्डन गर्दै आएका छन् ।
‘होस्टेल’बाट निर्देशनमा आएका हेमराज स्वयंका लागि पनि क्याप्टेन प्रतिस्पर्धात्मक बन्न सक्ने धेरैले बताएका छन् । अभिनेता अनमोल केसीको क्रेजलाई हेरेर धेरै सिनेकर्मीहरुलेनै ‘दि ब्रेकअप’ प्रतिस्पर्धामा आउन नसक्ने बताउँदै आएका छन् । तर, निर्देशक बिसीले हालै अनमोल भन्दा आशिरमान अब्बल कलाकार रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘दुई अभिनेतासँग काम गरेको अनुभवका आधारमा अभिनयको अब्बलतामा आइ विल गो विथ आशिरमान ।’ उनले व्यवहार भने दुबै कलाकारको राम्रो भएको उल्लेख गरेका छन् ।