साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७५
हुवावेले नोभा सिरिजअन्तर्गतको नोभा फोर स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । यो पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो ।
नयाँ पिनहोल डिस्प्लेले मोबाइल फोन डिस्प्लेलाई नै नयाँ रूपमा परिभाषित गरेको छ । यो स्क्रिनमा होल भएको डिस्प्ले हो । यसको डायमिटर ४ दशमलव ५ एमएम छ । हुवावे नोभा फोरमा फ्रन्ट फेसिङ क्यामेरा फोनको बायाँपट्टिको माथिल्लो भागमा छ ।
क्यामेरालाई बायाँपट्टिको माथिल्लो भागमा राखिएको छ । हुवावेले यसमा फूल भ्यू डिस्प्लेको सबै रणनीति नै परिवर्तन गरेको छ । यसबाट हुवावेले पपअप र स्लाइडिङ डिजाइनको समस्या समाधान गरेको छ ।