साप्ताहिक संवाददाता
भुवन केसीले कुसुमे रुमालबाट, प्रदीप खड्काले रोजबाट, राजाराम पौडेलले क्याप्टेनबाट तथा वर्षा शिवाकोटीले पुरानो बुलेटबाट पारिश्रमिक नपाएको खबरले सञ्चारमाध्यममा राम्रै स्थान पाए । भुवनले कुसुमे रुमालबाट पारिश्रमिक पाउने सम्भावना छैन भन्दा फरक पर्दैन, प्रदीपलाई गोपीकृष्ण मुभिजले निराश नबनाउन सक्छ । राजाराम पौडेलले क्याप्टेनबाट बाँकी पारिश्रमिक बुझेकै कारण हालै आयोजित गीत सार्वजनिक गर्ने समारोहमा उनी उपस्थित भएका हुन सक्छन् ।
बाँकी रह्यो अभिनेत्री वर्षा शिवाकोटीको कुरा । उनलाई पनि चलचित्र पुरानो बुलेटका निर्माताले पारिश्रमिक दिएर कुरा मिलाएका छ्न । हालै काठमाडौंमा चलचित्रको ट्रेलर सार्वजनिक गर्ने समारोहमा उपस्थित वर्षाले चलचित्रको पोस्टरको फोटोसेसनका क्रममा लिन बाँकी पारिश्रमिक ग्रहण गरेको खुलासा गरेकी हुन् ।
‘मैले अझै केही चलचित्रबाट पारिश्रमिक लिन बाँकी छ, वर्षा भन्दै थिइन्— ‘तामझामपूर्वक घोषणा गरिएका चलचित्रबाटै पूरै पारिश्रमिक नपाउने पीडा मलाई मात्र परेको छ कि अरूलाई पनि ?’