साप्ताहिक संवाददाता
अभिनेत्री केकी अधिकारीले लगभग एक दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । झण्डैं १० वर्षदेखी चलचित्र क्षेत्रमा कार्यरत यि अभिनेत्रीको बर्षमा कम्तीमा एउटा चलचित्र प्रदर्शन हुने गरेको छ । चलचित्रमा काम नपाएपनि केकीलाई म्युजिक भिडियोले राहत दिने गरेको छ । राम्रै पैसा कमाएकी छिन् ।
सुन्दरता र अभिनयको हिसाबले त केकी निकै अगाडी छिन् । तर के गर्नु कुनैपनि चलचित्र हिट भएनन् । उनको करिअरमा चलचित्र आई एम सरी केही हदसम्म चलेको मानिन्छ । तर, यो चलचित्र ब्यापारिक रुपमा खासै कमाउन सकेन । चलचित्रमा असफलताबाट निरास बनेकी केकीले हार भने खाएकी छैनन् ।
चलचित्र क्षेत्रमा उनको नाफा–घाटाको हिसाब गर्दा उनि पुर्ण रुपमा फ्लप हिरोइन हुन् । उनिभन्दा पछि आएका हिरोइनहरुले धमाधम हिट चलचित्र दिइरहँदा उनले यति धेरै बर्षमा एउटा हिट चलचित्र दिन सकिनन् । केहि समय अघि भएको एउटा भेटमा केकीले भनेकी थिइन्, ‘मैले त सक्ने गरेकै छु, खै किन चल्दैनन् ।’ त्यसो त केहि महिनाअघि काठमाण्डौंमा आयोजित एक एवार्ड समारोहमा केकीले आफु फ्लप हिरोइन भएको स्विकार गरेकी थिइन् ।
चलचित्र स्वर देखी पछिल्लो चलचित्र कोहलपुर एक्सप्रेससम्म कुनैपनि चलचित्र नचलेको पिडा उक्त एवार्ड कार्यक्रममा पोखेकी थिइन् । त्यसबेला उनले फ्लप चलचित्रको बानी परेको समेत बोलिन् । केकीलाई के लागेको थियो भने पछिल्लो चलचित्र कोहलपुर एक्सप्रेस चल्छ र जसरी पनि चलाउनुपर्छ । चलचित्र चलाउनका लागी विभिन्न फण्डा समेत गरेको थियो, निर्माण टिमले । कोहलपुर एक्सप्रेस–२ समेत घोषणा भयो । तर, केहि गरेर पनि अपेक्षाअनुसार चलचित्र चलेन ।
अब केकीको प्रेमको बिषयमा गफ गरौं । केकीको प्रेम सम्बन्धको बारेमा खासै समाचार बन्ने गरेका छैनन् । कहिलेकाहि फ्याट्टफुट्ट गसिप बने पनि आधिकारिक रुपमा उनले प्रेममा रहेको स्विकार गरेकी छैनन्, न त आर्जनले घोषणा गरेका छन् । तर, चलचित्र बजारमा भने यि अभिनेत्री गायक तथा मोडल आर्जन पाण्डेसँग गहिरो प्रेम सम्वन्धमा रहेको ब्यापक हल्ला छ । उनिहरु पछिल्लो समय दैनिक जसो डेटमा रमाउने गरेको उनिहरु निकट व्यक्ती बताउँछन् । सार्वजनिक कार्यक्रममा समेत सँगै उपस्थित हुने गरेका छन् उनिहरु । बेला–बेलामा क्लव र लाउन्ज समेत देखिने गरेका छन् उनिहरु । आफुहरु प्रेममा रहेको खुलासा नगरेपनि उनिहरुले आफुहरु सम्वन्धमा रहेको छनक दिने तस्विरहरु भने निरन्तर सार्वजनिक गर्दै आएका छन् । उनिहरुका तस्विरमा कमेन्ट गर्नेहरुले समेत नाइस कपल भन्ने गरेका छन् । यो अघोषित जोडिले एक–अर्काको पोस्टमा लभ रियाक्ट र नजिक रहेको जनाउने खालका कमेन्ट गर्ने गरेका छन् ।
केहिबर्षअघि आर्जनले आफ्नो गीत ‘तिम्रो मायामा हराएँ म’ मा केकीलाई अभिनय गराएका थिए । उक्त गीतको बोल जस्तै दुवै रियल लाइफमा मायामा हराए । त्यसपछि आर्जनका अधिकांस गीतमा केकीले अभिनय गरेकी छिन् ।
व्यवसायिक सहकार्यबाट सुरु भएको दुवैको सम्बन्ध गहिरो प्रेममा परिणत भएको र अहिले दुवै निरन्तर डेटिङमा रहेको उनिहरु निकट व्यक्तीनै दाबी गरेका छन् । स्रोत भन्छ, ‘उनिहरु गहिरो प्रेम सम्बन्धमा छन्, तर कति समय टिक्छ भगवानलाई मात्रै थाहा होला ।’ गहिरो सम्वन्धमा रहेका केकी र आर्जनले आफुहरु दुबै मिल्ने साथी भएको बताउने गरेका छन् ।
(सच्चाइएको : यो गसिपमा केकी अधिकारीको निर्माणमा बनेको चलचित्र कोहलपुर एक्सप्रेसको ब्यापार रकम अनुमानित भरमा लेखिएकोले त्यसलाई हटाएर अपडेट गरिएको छ ।)