साप्ताहिक संवाददाता
क्याप्टेन प्रदर्शन भएको ४२ दिनपछि अनमोल केसीको नयाँ चलचित्र ‘ए मेरो हजुर–३’ दर्शकमाझ आउनेछ । उक्त चलचित्रमा अनमोलका साथमा नयाँ अनुहार सुहाना थापाले चलचित्रमा पदार्पण गर्दैछिन् । सुहाना निर्माता सुनिल कुमार थापा तथा अभिनेत्री/निर्देशक झरना थापाकी छोरी हुन् ।
यसबीच क्याप्टेनको प्रचार–प्रसारमा केन्द्रित अनमोलले सुहानाको खुलेर प्रसंसा गरेका छन् । अनमोलको दाबी छ– सुहानाले चलचित्र क्षेत्र हल्लाउने छिन् । अनमोलका अनुसार अभिनय क्षेत्रमा सुहानाको भविष्य सुन्दर छ ।
‘झरना दिदीले सुहानालाई त्यत्तिकै मैदानमा ओराल्नु भएको होइन, अनमोलको भनाइ छ— ‘सुहानालाई एकदमै ट्रेन्ड गराएर ल्याउनुभएको छ । सुहानालाई पनि यही क्षेत्रमा केही गरौं भन्ने लागेको छ ।’ अनमोलका अनुसार सुहाना मेहनती पनि छिन् । प्रदर्शन मिति नजिकिँदै जाँदा ए मेरो हजुर–३ को यूनिट भने त्यसको प्रचार–प्रसारमा जुट्ने तयारी गर्दैछ ।