साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीसँग अभिनय गर्दैमा भाग्य चम्किँदैन भन्ने अभिव्यक्ति दिएको केही दिनमै अभिनेत्री उपासना सिंह ठकुरीको करियरमा नयाँ मोड आएको छ । क्याप्टेनको व्यवसायिक सफलतासँगै आफ्नो प्रभावशाली अभिनयले दर्शक तथा समीक्षकको मन जित्न सफल उपासनाले ‘कबड्डी’ श्रृंखलाको तेस्रो भागबाट अभिनयका लागि प्रस्ताव पाएकी छिन् ।
निर्देशक रामबाबु गुरुङले उपासनालाई चलचित्रको मुख्य भूमिकाका लागि प्रस्ताव गरेपछि अहिले निर्देशक गुरुङ तथा अभिनेत्री सिंहको भेटघाट बाक्लिएको छ । भन्नेहरू रामबाबुले उपासनालाई कबड्डी–३ का लागि अनुबन्ध गरिसकेको बताइरहेका छन् ।
यद्यपि, यसको आधिकारिक पुष्टि हुन भने बाँकी नै छ । किनभने, स्वयं उपासना यो विषयमा मौन छिन् । उपासनाले प्रस्ताव आएको कुरा स्वीकार गर्दै अभिनय गर्ने कि नगर्ने विषयमा केही दिनभित्रै निर्णयमा पुग्ने बताएकी छिन् ।