साप्ताहिक संवाददाता
चैत्र ८, २०७५
करिब एक वर्षअघि निर्माण भएको चलचित्र ऐलान चैत्र ८ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । बीएस बलामीको निर्देशन रहेको यो चलचित्रमा एक सच्चा प्रहरी र खराब प्रहरीबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।
बलामीकै लगानीमा निर्माण भएको यो चलचित्रमा मीना खड्का कार्यकारी निर्माताका रूपमा रहेकी छिन् । विनोद सापकोटाको छाया“कन रहेको चलचित्रमा जयकिसन बस्नेत, सीमा केसी, धु्रव कोइराला, आदित्य श्रेष्ठ, सगुन श्रेष्ठ, हरि कार्की आदि कलाकारको अभिनय छ । चलचित्रमा ओमप्रकाश राईको संगीत छ भने समिर मियाँले सम्पादन गरेका छन् ।