साप्ताहिक संवाददाता
डेब्यु फिल्म मार्फत नै आफ्नो छाप छाड्न सफल भइसकेका सलिन मान बनियाँ आफ्नो दोस्रो फिल्म यात्रा : अ म्युजिकल भ्लगको प्रमोसनको क्रममा हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् ।
सलिनसँगै डेब्यु गर्ल मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल लगायतले उक्त फेस्टका विजेतालाई पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा उनीहरुले आगामी फिल्मको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स प्रस्तुत गरेका थिए ।
सलिनले नेपाली फिल्मलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले फिल्म क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए । यात्रामा आधारित विषयवस्तुमा आधारित फिल्ममा सलिन भ्लगिष्टको भूमिका छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् ।