साप्ताहिक संवाददाता
चैत्र १३, २०७५
मिडिया सामू रतन टाटाले उत्सुकताका साथ आफ्नो पहिलो इलेक्ट्रिक कार अल्ट्रोज ईभीको कन्सेप्ट सार्वजनिक गरे । उनले यो भारतमा तयार गरिएको पहिलो इलेक्ट्रिक कार हुने बताए ।
यसलाई एक पटक फुल चार्ज गर्दा १ सय ५० देखि २ सय किलोमिटर सम्म यात्रा गर्न सकिन्छ । सो कार आगामी सन् २०२० मा लन्च हुने सम्भावना छ । यद्यपि यो भन्दा पहिले पनि सो कार पेट्रोल र डिजेल भेरिएन्टमा उपलब्ध हुने सम्भावना छ ।