साप्ताहिक संवाददाता
चैत्र २५, २०७५
अभिनेता–अभिनेत्रीको पारिश्रमिकको कुराले बेला–बेलामा नेपाली चलचित्र उद्योग पनि तरङ्गित भैरहेको हुन्छ । केही दिनअघि रातो टीका निधारमा चलचित्रका लागि निर्माता तथा निर्देशक अशोक शर्माले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई १६ लाख रुपैयाँ पारिश्रमिक सहित अनुबन्धित गरेको खबर सार्वजनिक भएको छ ।
उक्त चलचित्रमा अभिनेत्री जस्सिता गुरुङले अभिनय गर्ने चर्चा चलिरहेका बेला शर्माले साम्राज्ञीलाई अनुबन्धित गरेका हुन् । साम्राज्ञीलाई चलचित्रमा अनुबन्धित गरेसँगै जस्सितालाई शर्माले चलचित्रमा किन समावेश गरेनन् भन्ने प्रश्न पनि खडा भएको छ ।
कतिपयले भने भर्खरै चलचित्रमा देखा परेकी कलाकार भए पनि जस्सिताले १० लाख पारिश्रमिक माग गरेपछि शर्माले साम्राज्ञीलाई अनुबन्धित गरेको बताउन थालेका छन् ।