साप्ताहिक संवाददाता
चलचित्र पसिनाको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७६ को अवसर पारेर चलचित्रको तिन वटा पोस्टर सार्बजनिक गरिएको हो ।
केहि दिन अघि यो चलचित्रको प्रोमोसनल टाइटल गीत सार्वजनिक गरिएको थियो । मजदुरहरुको कथा समेटिएको चलचित्र पसिनाको आज सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, अनु शाह, सरोज खनाल लाइ मुख्य स्थान दिइएको छ ।
आर। बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।
आर।बी। खत्री ‘शरद’ को कथा रहेको पसिनाको निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् । चलचित्रको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ ।