साप्ताहिक संवाददाता
वैशाख ७, २०७६
अभिनेता स्वरूपपुरुष ढकालका लागि यो वैशाख महिना भाग्यशाली सावित हुने देखिएको छ । चलचित्र छक्कापञ्जा–२ बाट रजटपटमा आएका अभिनेता ढकाल यही महिना वैवाहिक जीवनमा बाँधिने भएका छन् । उनले यसै साता मुस्कान सुवेदीसँग इन्गेज्मेन्ट गरेका छन् । उनीहरू यही वैशाख २९ गते वैवाहिक जीवनमा बाँधिदैछन् ।
छक्का पञ्जा–२ अर्को साता पुनः सिनेमा हलमा प्रदर्शन हुने कुराले एकातिर अभिनेता ढकालको खुसी बढेको थियो भने अर्कातिर यही वैशाखमा आफूले जीवनसाथी पाउने कुराले उनी थप दंग छन् । उक्त चलचित्रमा स्वरुपले अभिनेत्री स्वस्तिमा खड्कासँग अनस्त्रिन रोमान्स गरेका छन् । स्वरुपले अभिनय गरेको पहिलो चलचित्र सुस्केरा भने अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । स्वरूप छक्कापञ्जा–२ पछि भने अभिनयमा सक्रिय छैनन् ।