साप्ताहिक संवाददाता
बर्षको अन्तिम अर्थात चैत २८ गते प्रदर्शन हुने चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीका लागी निर्माण टिमले अडिसन आह्वान गरेको छ । निर्माता सन्तोष सेनले संसारभरबाट अडिसनका लागी सहभागी हुन सक्ने बताए ।
निर्माता सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्न गैरहेको चलचित्रको मुख्य अभिनेत्री बन्न चाहनेहरुले आसुसेन फिल्मको अफिसियल साईट www.aasusenfilms.com मा गएर फारम भर्न सक्नेछन् अथवा आसुसेनको ईमेल [email protected] मा पनि सम्पर्क गर्न सक्नेछन् । इच्छुकले हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्विर र आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ भने १८ बर्षदेखी २५ बर्ष उमेर हुनुपर्नेछ ।
आवेदन आइएसकेकाहरुमध्ये २० जना फाइनल अडिसनका लागी छानिनेछन् । एक विशेष कार्यक्रमको आयोजना गरि उनिहरुमध्येबाट एकजना मुख्य अभिनेत्रीका लागी चयन गरिने निर्माता सेनले बताए । इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्ने निर्माण टिमले आग्रह गरेको छ ।
झण्डैं १ बर्षदेखी स्क्रिप्टको काम गरिरहेको निर्माण टिम अहिले त्यसलाई फाइनल गर्ने तयारीमा छ । अभिनेत्री र चलचित्रका अन्य केहि आवश्यक कलाकार छनौट भैसकेपछि निर्माण टिमले विशेष पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको आधिकारीक घोषणा गर्ने र चलचित्रका बिभिन्न बिषयमा जानकारी दिने जनाएको छ ।