साप्ताहिक संवाददाता
वैशाख २४, २०७६
सिंगापुरको नानयाङ टेक्नोलोजी युनिभर्सिटीले तौल घटाउन एउटा विशेष प्रकारको क्याप्सुलको विकास गरेको छ । इन्डोपिल नामक उक्त क्याप्सुल जनावरको शरीरको जेलाटिन मेटरियलबाट निर्माण गरिएको बताइएको छ । यसमा दुई तह हुन्छन् ।
पानीसँगै खाएपछि यसले पेटभित्र पुगेर आवश्यक प्रतिक्रिया देखाउँछ । हाल यसको परीक्षण सुँगुरमा गरिएको उक्त परीक्षणका क्रममा एक सातामै सुँगुरको वजन १ दशमलव ५ किलोग्राम घटेको पाइएको छ ।
आगामी दिनमा यसलाई मानिसमा समेत परीक्षण गरिने बताइएको छ । हाल उक्त क्याप्सुलको आकार १ सेन्टिमिटर छ र यसलाई अझ सानो बनाउने प्रयास भैरहेको छ ।