साप्ताहिक संवाददाता
वैशाख २५, २०७६
शाओमी विशेष गरी स्मार्टफोन निर्माता कम्पनीका रूपमा लोकप्रिय छ, तर हाल यसले लाइफस्टाइल प्रोडक्टसमेत उपलब्ध गराएर चर्चा बटुलिरहेको छ । हालै कम्पनीले वायरलेस कुचो अर्थात् एमआई वायरलेस ह्यान्डहेल्ड स्विपर बजारमा उतारेको छ ।
यसको मूल्य करिब १ हजार ६ सय रुपैयाँ छ । यसमा दुईवटा ब्रस छन् जसको सहयोगले घर सफा गर्न सकिन्छ । यसमा २ हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ र कुचोको तौल एक किलोग्राम मात्र छ ।
यसलाई एक पटक चार्ज गर्दा दुई घण्टासम्म लगातार चलाउन सकिने कम्पनीको दाबी छ । यसलाई कुनै पनि दिशामा घुमाउन सकिन्छ । यसले फोहोरलाई आफ्नो गार्बेज बक्समा जम्मा गरेर राख्छ ।