साप्ताहिक संवाददाता
वीरविक्रम–२
चलचित्र वीरवित्रम–२ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो करिब तीन वर्ष पहिले प्रदर्शनमा आएको चलचिक्र वीरवित्रमको सिरिज हो । मिलन चाम्सको निर्माण तथा निर्देशनको चलचिक्र वीरवित्रममा पारिवारिक प्रेम कथा समेटिएको निर्माण पक्षले जनाएको छ ।
प्रदीप भारद्वाजले लेखेको यो चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, सुयांस खड्का, मनिष लिम्बू, सौरभ शाह, क्रिजन गौतम, सरिता राजोपाध्याय, सन्तोष खनाल, मनोज केसी, टार्जन आदिको अभिनय छ ।
अर्पण सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् भने रञ्जिता सिवाकोटी सह निर्माता हुन् । सुदीप बरालले यो चलचित्रको छायांकन मुस्ताङ तथा युरोपको अजरबैजानमा गरेका हुन् । चलचित्रमा दुईवटा गीत समावेश छन् भने ती गीतमा रञ्जित गजमेर तथा ताराप्रकाश लिम्बूको संगीत सुन्न सकिन्छ । चलचिक्र वीरवित्रम–२ को निर्माणमा करिब १ करोड ५० लाख रुपैयाँ लगानी भएको बताइएको छ ।
जात्रैजात्रा
चलचित्र जात्रैजात्राको प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । यो तीन वर्षअघि प्रदर्शनमा आएको चलचित्र जात्राको सिक्वेल हो । प्रदीप भट्टराईको कथा तथा निर्देशनको चलचित्र जात्रा पूर्ण व्यवसायिक चलचित्र भएको निर्माण पक्षले जनाएको छ जसमा भरपुर कमेडी र सस्पेन्स छ ।
यो चलचित्र जात्राको सिक्वेल भएकाले जात्राको कथा जहाँ टुंगियो त्यहींबाट जात्रैजात्रा सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए । आमदर्शकलाई ध्यानमा राखेर निर्माण गरिएको हुनाले धेरैले जात्रैजात्रा मन पराउनेमा निर्माण पक्ष ढुक्क छ । रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको यो चलचित्रका निर्माता सिंगे लामा तथा यज्ञश्वर पौडेल हुन् । शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्र जात्रैजात्रामा विपिन कार्की, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कवीन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापामगर, प्रियंका झा, शर्मा जी, लक्ष्य श्रेष्ठ, अर्विन खड्का आदि कलाकारको अभिनय छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यका तथा पोखराका विभिन्न स्थानमा छायांकन गरिएको निर्देशक भट्टराईले जानकारी दिए । चलचित्र जात्रै जात्रामा दुईवटा गीत समावेश छन्् जसमध्ये माया पिरिम गीतले युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ । निर्माण पक्षका अनुसार जात्रैजात्राको निर्माणमा करिब १ करोड ८० लाख लगानी भएको छ ।