साप्ताहिक संवाददाता
ए मेरो हजुर–३ को प्रदर्शनपछि अभिनेत्री सुहाना थापाले राम्रो चलचित्रको प्रस्ताव पाए नेपालमै बसेर अनलाइनमार्फत आफ्नो बाँकी रहेको पढाइ पूरा गर्ने अन्यथा अमेरिका नै फर्कने बताएकी थिइन् ।
ए मेरो हजुर–३ को अपार सफलतापछि उनले अमेरिका नगै स्वदेशमै बसेर अभिनयलाई निरन्तरता दिने निर्णय लिएकी छिन् । सुहाना आफ्नै होम प्रोडक्सनको नयाँ चलचित्र भागवत गीतामा अनुबन्ध भएकी छिन् । झरना थापाले नै निर्देशन गर्ने उक्त चलचित्रमा सुहानाले गीताको भूमिका निर्वाह गर्ने निश्चित भएको छ । भागवतको भूमिकामा भने अनमोल केसी रहने छन् ।
ए मेरो हजुर–३ मा सुहाना र अनमोलको जोडीलाई दर्शकले मन पराएका थिए । निर्देशक झरना थापाले फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै आफ्ना भागवत– गीताका रूपमा अनमोल र सुहानालाई परिचय गराएकी हुन् । सुहानाको जन्मदिनको अवसर पारेर उक्त चलचित्रको औपचारिक घोषणा गर्ने तयारी गरिँदैछ ।