साप्ताहिक संवाददाता
एक्सन फ्लेबर रहने भनिएको सिनेमा ‘सरौतो’ को रिलिज डेट फाइनल गरिएको छ । निर्माण पक्षले यो चलचित्र असोज ३ मा प्रदर्शन गर्ने भएको छ भने रिलिज मिति तय गर्दै चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको छ ।
चर्चित छायाँकार हरी हुमागाईंले निर्देशन गरेको चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।
‘सरौतो’ मा बोल्ड अभिनेत्री सुमी एक्सन अवतारमा प्रस्तुत हुन सक्ने पोस्टरबाट अनुमान गर्न सकिन्छ । विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स र ग्लिटर फिल्मस स्टुडियोमा निर्मित सिनेमामा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, शंकर महर्जनको एक्सन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।