साप्ताहिक संवाददाता
सिउँदोमा सिन्दुर । चुरा, पोते र सारीमा सजिएकी । आखाँमा गाजलु, टिका र ओठमा लाली गज्जबको सुहाएको छ । यो देख्दा धेरैलाई के लाग्छ भने वर्षाले बिहे त गरिनन् ?
बिहान ११ बजेतिर फेसबुकमा उक्त तस्विर शेयर गर्दै वर्षा सिवाकोटीले क्याप्सन लेखेकी छिन्, ‘रहर छ’ । सामाजिक सन्जालमा तस्विर शेयर भएको १ घण्टा नबित्दै लाइक र कमेन्टको वर्षा भयो । धेरैले उक्त तस्विरमा ‘तपाईको चाहना चाँडै पुरा होस्’ भनेर कमेन्ट गर्दै सुभकामना दिएका छन् ।
केहि समयअघि कान्तिपुरसँग भएको कुराकानीमा यि अभिनेत्रीले आफु चलचित्र क्षेत्रमा व्यस्त भएको र अहिले भ्रर्खरै बिहे गर्ने सोच नभएको बताएकी थिइन् । कतिसम्म भने उनले आफु प्रेममा समेत नरहेको दाबी गरेकी थिइन् । तर, पछिल्लो समय वर्षाले जुन रहर सार्वजनिक गरिन्, यसले वर्षा बिहे गरेर अर्कै जिवन समेत विताउन चाहेकी छिन् जस्तो संकेत गरेको छ । उनको पछिल्लो चलचित्र ‘विर विक्रम-२’ केहि समय अघि सार्वजनिक भएको थियो ।
अब यो स्ट्याटस मात्रै हो कि अथवा आधिकारिक रुपमा रहर पनि सार्वजनिक गरेको हो ? त्यो भने बर्षालाईनै थाहा होला ।