साप्ताहिक संवाददाता
नृत्यांगना तेरिया मगर अघिल्लो साता काठमाडौंमा झुल्किइन् । उनी चलचित्र वीर वित्रम–२ को प्रिमियर शोमा सहभागिता जनाउन काठमाडौंकी आएकी थिइन् । नृत्यमा आधारित केही भारतीय रियालिटी शोहरूमा सहभागिता जनाएर लोकप्रिय कमाएकी तेरिया पछिल्लो समय स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त छिन् । नृत्यमा पारंगत तेरिया टिकटकमा समेत उक्तिकै सत्रिय छिन् ।
वयस्क हुँदै गएपछि उनको सुन्दरताले समेत चर्चा पाउन थालेको छ । नृत्यमा अब्बल हुनुका साथै सुन्दरताका कारण तेरियालाई नेपाली चलचित्रबाट अभिनयको प्रस्ताव समेत गर्न थालिएको छ । त्यसो त उनीसँग बलिउड अभिनेता ऋतिक रोशनले समेत काम गर्ने इच्छा व्यक्त गरिसकेका छन् । तेरियाले भने अहिले नै चलचित्रमा आउने मुड बनाइ नसकेको प्रतिक्रिया दिएकी छिन् ।
आफूलाई धेरै चलचित्रबाट प्रस्ताव आए पनि अभिनयका लागि तयार भैनसकेको उनको भनाइ छ । अघिल्लो बुधबार प्रिमियर शोमा सहभागिता जनाउने क्रममा तेरियाले अहिले नै चलचित्रमा आउने सम्भावना नरहेको स्पष्ट पारिन् । तेरियाले अहिले आफ्नो सम्पूर्ण ध्यान अध्ययनमा केन्द्रित रहेको बताएकी छिन् ।