साप्ताहिक संवाददाता
सरकारले आर्थिक बर्ष २०७६–०७७ को बजेट हिजो संसदमा प्रस्तुत गरेको छ । विभिन्न क्षेत्रमा जस्तै कला क्षेत्रमा पनि बजेटमा संवोधन गरिएको छ । विशेषतः साहित्यकार, कलाकार र संगीतकारलाई बजेटमा सम्बोधन गरिएको हो ।
बुधवार आगामी आर्थिक वर्षको लागि वजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कला क्षेत्रका केहि पात्रलाई समेत समेटेका हुन् । लामो समयदेखि वजेटले नेपाली कला क्षेत्रलाई कुनै प्रभाव नपारेको गुनासो आइरहेका बेला यसपटक भने कला क्षेत्रका केहि पाटोलाई भने छोइएको हो ।
उनिहरुको वृत्ति विकासका लागि बजेट छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाले बताए । बजेट सार्वजनिक गर्दै मन्त्री खतिवडाले कलाकार, साहित्यकार र संगीतकारहरुको वृत्ति विकासमा सरकारले ध्यान दिने बताएका हुन् ।
भाषणमा श्रमजिवी चलचित्रकर्मीलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने समेत जनाइएको छ । चलचित्रकर्मीहरुको हकहित र उनिहरुको सुरक्षार्थ उनिहरुलाई सामाजिक सुरक्षाको दायरामा समेटिने बजेट भाषणमा उल्लेख छ ।
संसदमा हिजो अर्थमन्त्री खतिवडाले १५ खर्व ३२ अर्बको वजेट प्रस्तुत गरेका हुन् ।