साप्ताहिक संवाददाता
जेष्ठ १८, २०७६
विगत ६ महिना यता ४८ एमपी क्यामेरा भएको स्मार्टफोनको चर्चा निकै चुलिएको छ । यही कुरालाई मध्यनजर गरी सामसुङले अझ बढी क्षमता अर्थात ६४ एमपीको क्यामेरा सेन्सर छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।
आइसोसेल ब्राइट जीडब्ल्यू–१ नामक उक्त क्यामेरा सेन्सरले कम वा धेरै प्रकाश भएको दुवै समयमा राम्रो तस्बिर क्याप्चर गर्न सक्छ । यसमा सुपर फेस डिटेक्सन अटो फोकस टेक्नोलोजी प्रयोग गरिएको छ । यसले ४ सय ८० फ्रेम प्रतिसेकेन्डको स्पिडमा भिडियो रेकर्ड गर्न सक्छ ।
सामसुङले उक्त सेन्सरलाई यो वर्षको मध्यतिर बजारमा ल्याउने योजना बनाएको छ । त्यसपछि स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्नो क्यामेरामा उक्त सेन्सर प्रयोग गरे भने वर्षको अन्त्य सम्ममा यसको उपयोग गर्न सकिने अनुमान गरिएको छ ।